केपी ओलीले प्रस्ताव गरेभन्दा बाहेक क- कस्ले गरे केन्द्रीय सदस्यमा मनोनयन ?

सौराहा । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुकालागि अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र हलमा प्रस्ताव गरेभन्दा बाहेकले समेत उम्मेदवारी दिएका छन । यो सँगै केन्द्रीय सदस्यका लागि निर्वाचन हुने भएको छ ।

गण्डकी, प्रदेश २ र लुम्बिनीबाहेक सबै प्रदेशमा थप उम्मेदवारी परेको छ । यस्तै आदिवासी जनजातितर्फ १७ जना प्रस्ताव गरिएकोमा निर्माण बुढा र सुवास कर्माचार्यले पनि उम्मेदवारी दिनुभएको छ ।

सम्पर्क समन्वयतर्फ महिला कोटामा कल्पना थापाको नाम हलमा प्रस्ताव भएको थियो भने जानुका रोकाले पनि उम्मेदवारी दिनुभएको छ । मधेशीतर्फ १३ जनामध्ये हलमा नाम प्रस्ताव गरिएकाबाहेक बिल्टु यादव र शम्भुप्रसाद गुप्ताले उम्मेदवारी दिनुभएको छ ।

दलितमा ८ जना प्रस्ताव भएकोमा नरबहादुर विक र अनुभूति वम नेपालीले बागी उम्मेदवारी दिनुभएको छ । थारुमा पनि जयप्रकाश थारुले बागीका रुपमा मनोनयन गर्नुभएको छ ।

मुस्लिममा नजिर मियाँले बागी उम्मेदवारी दिनुभएको छ भने पिछडिएको क्षेत्रबाट भरत राउद र लालवहादुर रावलले बागी उम्मेदवारी दिनुभएको छ । खुला पुरुषतर्फ ८४ जना हलमा प्रस्तावितबाहेक सुरेन्द्र मानन्धर,नरेश खरेल,कमल तिमिल्सिना,निर्मल भट्टराई,पदमराज जोशीले उम्मेदवारी दिनुभएको छ ।

यस्तै खुल्ला महिलामा ५३ जना हलमा प्रस्तावितबाहेक अर्चना गहतराज, उषाकिरण तिम्सेना, भगवती न्यौपानेले उम्मेदवारी मनोनयन गर्नुभएको छ ।

प्रदेशतर्फ प्रदेश १ बाट धर्मराज निरौला, पर्शुराम अधिकारी र दुर्गाकुमार थापा (स्वस्ति), वागमतीबाट हलमा प्रस्तावित बाहेक केदार क्षेत्री र रामवीर मानन्धरको उम्मेदवारी परेको छ ।

सुदूरपश्चिमबाट हलमा प्रस्तावित नामबाहेक कृष्णप्रसाद जैशी, दीपकप्रकाश भट्ट र सहदेव बोगटीले उम्मेदवारी दिनुभएको छ ।कर्णालीबाट पनि हलमा प्रस्तावितबाहेक योगेन्द्रबहादुर शाहीले उम्मेदवारी दिनुभएको छ । महिलामा पनि हलमा प्रस्तावित बाहेक कलसादेवी महरा, पशुपति कुँवर र मन्जु मलासीले उम्मेदवारी दिनुभएको छ ।

Back to top button