एमाले महाधिवेशनका लागि ९ करोड खर्च भएको अनुमान

सौराहा । नेकपा एमालेको जारी १० औं महाधिवेशनमा ९ करोड खर्च लागेको अनुमान गरिएको छ । निर्धारितभन्दा दुई दिन महाधिवेशन समय लम्बिँदा डेढ करोड रुपैयाँ खर्च बढेको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

‘साढे सात करोडमा सक्ने योजना थियो तर अधिवेशन लम्बिँदा नौ करोड रुपैयाँसम्म खर्च भएको अनुमान छ’, तामाङले भन्नुभएको छ, ‘सहमतिमै नेतृत्व चयन हुने अनुमान थियो, त्यसैअनुसार तयारी गरियो । तर चुनाव नै हुने भएपछि खर्च बढ्यो ।’

Back to top button