टंक कार्की र भीम आचार्य सचिवमा पराजित

सौराहा । नेकपा एमालेमा केपी शर्मा ओली प्यानल नै निर्वाचित भएको छ । चितवनको सौराहामा भएको एमालेको १० औं महाधिवेशनमा ओली प्यानल नै विजयी भएको हो ।

ओलीले प्रस्तुत गर्नुभएको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका सबै पराजित भएका छन् । अध्यक्षमा ओलीसँग भीम रावल पराजित हुनुभएको छ भने घनश्याम भुसाल पनि ६ जना उपाध्यक्षमा पर्न सकेनन् ।

यस्तै सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पनि पराजित हुनुभएको छ । उहाँहरुले पनि ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिनुभएको थियो ।

 

Back to top button