राप्रपा एकता महाधिवेशन : थापा र लिङ्देनको प्यानल

काठमाडौं । राप्रपाको जारी एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्देन प्यानल बनाएर चुनावी मैदानमा होमिनुभएको छ । दुवै समूहले पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगो लगाएका छन् ।

राप्रपा नेता भुवन पाठकका अनुसार थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानको नाम उपाध्यक्षको उम्मेदवारको रुपमा टुंगो लागेको लागेको छ ।

यस्तै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् । यसैगरी महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ ।

यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ भने महामन्त्रीमा डा.धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको छ ।

विक्रम पाण्डेको नाम भने दुबै पक्षले प्यानलमा राखेका छन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि भोली मतदान हुँदैछ भने अध्यक्षमा थापा र लिङ्देन भिड्दै हुनुहुन्छ ।

Back to top button