बरामद लाखौं मूल्यको कपडा भन्सार बुझाईयो

विराटनगर । शुक्रबार विराटनगर महानगरपालिका –९ स्थित कलेज रोडबाट बरामद भएको लाखौं मूल्यको कपडा भन्सार बुझाइएको छ ।

कलेज रोडका बिनोद अग्रवालको घर कोठा भाडामा लिई भण्डारण गरिएका भन्सार छल्दै चोरी पैठारी गरी ल्याएका कपडा बरामद भएको थियो ।

अन्दाजी १९ लाख १३ हजार १ सय मूल्य बराबरको ३५ बोरा कपडा आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Back to top button