सभापतिबाट पछि पछि नहटेको प्रकाशमान सिंहको भनाइ

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतरबाट सभापतिका आकांक्षी प्रकाशमान सिंहले आफू पछि नहट्ने बताउनु भएको छ । चाक्सीबारीस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरुसँग बिहीबार कुरा गर्दैं नेता सिंहले फिर्ता हुनका लागि आफूले उम्मेदवारी घोषणा नगरेको बताउनु भएको छ ।

उहाँन्ले महाधिवेशन कार्यतालिका अनुसार आफूले उम्मेदवारी दर्ता गर्ने बताउँदै महाधिवेशनका प्रतिनिधिले बाँकी कुरा तय गर्ने बताउनु भयो । नेताहरुले छलफल गरौं भनेको र आफूले न्याय पाउनुपर्छ भनेको उहाँले बताउनु भयो ।

उहाँले आफू ब्याक हुनुपर्ने कुनै कारण नभएको समेत बताउनु भयो । यसअघिको महाधिवेशनमा आफू ब्याक भएको उहाँकाको भनाइ थियो।

Back to top button