
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको ३१८१ मतगणना भएको छ ।
सभापति पदमा ३१८१ मतगणना हुँदा शेरबहादुर देउवाले १५०५, शेखर कोइरालाले ११७८, प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधिले १७३, कल्याण गुरुङले १५ मत प्राप्त गर्नु भएको छ ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा। शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा हुनुहुन्छ ।