
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङका बीचमा आगामी फेब्रुअरीमा भेट हुने भएको छ ।
उहाँहरुबीच आगामी फेब्रुअरीमा चिनियाँ राजधानी सहर बेइजिङमा भेट्ने कार्यक्रम रहेको चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उहाँहरु दुई जनाका बीचमा बुधबार भर्चुअल विधिबाट फोन सम्वाद भएको थियो ।
त्यस सम्वादका क्रममा रुसी राष्ट्रपति पुटिनले आफू आगामी फेब्रुअरीमा बेइजिङ आउन इच्छुक रहेको जानकारी दिनुभएको थियो ।
पुटिनले फेब्रुअरी महिनामा आयोजना हुन लागेको बेइजिङ विन्टर ओलम्पिक समारोहमा आफू उपस्थित हुन इच्छुक रहेको बताउनुभएको चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।