
काठमाडौं । सरकारले आज देखि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदै छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा आज देखि १४ गतेसम्म १२–१७ वर्ष समूहका विद्यार्थीलाई लगाउने मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिनुभएको छ ।
हेरौं कुन प्रदेशका कुन–कुन जिल्लामा खोप लगाइँदै छ ?
प्रदेश नं १
ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर
प्रदेश नं २
सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा
बागमती प्रदेश
दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर
गण्डकी प्रदेश
गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत
लुम्बनी प्रदेश
रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया
कर्णाली प्रदेश
डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान
सुदूरपश्चिम
बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर
यी जिल्लाका विद्यार्थीलाई दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म सञ्चालन गर्ने बताइएको छ । यस्तै मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा पनि फाइजर खोप अभियान सञ्चालन गर्दै छ।
यस्तै मन्त्रालयले पुस १३ देखि २२ गतेसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा सञ्चालन गर्ने जनाएको छ । यी जिल्लामा दोस्रो मात्राको खोप अभियान माघ ४ देखि १३ गतेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ।