प्रतिनिधिसभा विघटन भएको दिनलाई समाजवादी प्रेस संगठनले कालो दिनका रूपमा मनाउँदै

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले प्रतिगमन विरोधी सबै राजनीतिक दलहरूलाई एक ठाउँमा उभ्याएर पुस ५ लाई कालो दिनका रूपमा मनाउने भएको छ ।

प्रतिगमन विरुद्धको जनमत सृजना गर्ने उद्देश्यसहित संगठनले २०७८ पुस ५ गतेलाई ‘कालो दिन’का रूपमा मनाउन लागेको हो । प्रेस संगठनले त्यसका लागि आज ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषयमा बहस आयोजना गरेको छ ।

दिउँसोको साढे १२ बजे हुने स्काई दरबार बैंक्वेट बग्गीखानासँगै, रामशाहपथमा हुने उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका महासचिव मनोज भट्ट वक्ताका रूपमा रहनुभएको छ ।

यस्तै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक गत वर्ष २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर लोकतन्त्र जोगाउनुभएको थियो ।

पुन ओलीले जेठ ७ गते संसद् विघटन गर्नुभएको थियो । पुन सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुनःस्थापित संसद् अवरुद्ध गर्दै आएको छ ।

Back to top button