
काठमाडौं । नेकपा एमालेका सांसदहरुले आज पनि संसद बैठकमा नाराबाजीसहित अवरोध जारी राखेका छन् । एमाले सांसदले बैठक सुरु भए लगत्तैदेखि नारा लगाउँदै अवरोध गरेका हुन् ।
यस्तै,सभामुख अग्निप्रसाद सापकोटाले बैठक गरेलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेका सांसदले वेल घेराउसहित नाराबाजी गरी प्रतिनिधिसभामा अवरोध गरेका थिए । अवरोधकै बीच सभामुख सापकोटाले संसदको कामकारवाही भने अघि बढाउनुभएको छ ।
एमालेले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाहीको सूचना टाँस नगरेर सभामुख सापकोटा आफै पार्टी फुटाउने षडयन्त्रमा लागेको भन्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।
एमालेले नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी वैध नरहेको दाबी गर्दै आएको छ ।