एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि हिजो गरिएको पीसीआर परीक्षणमा उहाँमा संक्रमण पुष्टि भएको हो ।

हिजो गरिएको एन्टीजेन परीक्षणमा अध्यक्ष ओलीमा कोरोना पोजेटिभ देखिएपछि पीसीआर गरिएको थियो । अध्यक्ष ओलीसँगै उहाँकी पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

दुबै जना भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा आइशोलेशनमा बस्नु भएको छ ।

Back to top button