एमाले अध्यक्ष ओलीको स्वास्थ्य सामान्य

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको छ । कोरोना संक्रमणका कारण उहाँ चार दिनदेखि भक्तपुरको बालकोटस्थित निवासमै आराम गरिरहनुभएको थियो ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले आज प्रेस विज्ञप्ति जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीको स्वास्थ्य सामान्य रहेको बताउनुभएको हो ।

हाम्रो पार्टी नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीले कोभिड संक्रमणका कारण विगत चार दिनदेखि भक्तपुर बालकोटस्थित आफ्नो निवासमा आराम गरिरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ, विज्ञप्तिमा भनिएको छ।

अध्यक्ष ओलीको स्वास्थ्यप्रति चासो राख्दै विभिन्न माध्यामबाट स्वास्थ्यलाभको कामना गर्ने सबैलाई पार्टीले धन्यवाद दिएको छ। एमाले अध्यक्ष ओली र पत्नी राधिका शाक्यलाई शनिबार गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो।

Back to top button