६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १९ हजार ८ सय ६९ जनामा गरिएको परीक्षणमा ६ हजार ८ सय २७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, आज १० जना संक्रमितको मृत्यु भएको छ। सोहि अवधिमा ५ हजार ४ सय ३२ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ८९ हजार ९ सय ४१ जना सक्रिय संक्रमित रहेका छन्।

Back to top button