एमाले अध्यक्ष ओली झापा आउँदै, यस्तो छ कार्यतालिका…

बिर्तामोड । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा आउँदै हुनुहुन्छ । ओली बिहान ८ः३० बजे झापा आइपुग्ने कार्यक्रम रहेको एमाले झापाको प्रचार विभागले जनाएको छ।

उहाँको भद्रपुर विमानस्थलबाट सोझै सालबारीस्थित सहिद स्मृति पार्कमा गएर बिहान ९ः३० बजे सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम रहेको छ।

बिहान ११ बजे दमकमा खाना खाने र ११ः३० बजे कमल गाउँपालिका वडा नं ६ खयरबारीमा रतुवा–मावा तटबन्धको शिलान्यास गर्नुहुनेछ ।

यस्तै अध्यक्ष ओलीले १२ः३० बजे बिर्तामोडको सिपी पार्टी प्यालेसमा आयोजना गरिएको प्रेस चौतारी नेपाल प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्ने र १ः३० बजे बिर्तामोडको सिटी सेन्टरमा रहेको साई पार्टी प्यालेसमा आयोजित नेपाल खेलकुद महासंघ प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले झापाले जनाएको छ।

त्यसपछि बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आयोजित पाँचौं झापा गोल्डकपको उद्घाटन गरी खेल हेर्ने कार्यक्रम रहेको छ। ओली आजै साँझ ६ बजेको हवाई उडानबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

Back to top button