कांग्रेसको सुकेको रूखको पात निर्वाचन आयोगले बचाइदिन खोज्यो : ओली

विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको सुकेको रूखको पात निर्वाचन आयोगले बचाइदिन खोजेको बताउनु भएको छ ।
मोरङको रंगेलीमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुकेका रूख बोकेर हिँड्नेसँग कुनै तागत नभएको समेत बताउनु भएको छ ।

कांग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको उहाँको आरोप छ । उहाँले हरियो रङ नभई रातो रङ राख्दा प्रष्ट देखिने भएकाले रातो बनाउन निर्वाचन आयोगलाई आग्रह समेत गर्नुभएको छ ।

माधव नेपालले पार्टी छाडेपछि पीलो निचोरेजस्तो हाइसन्चो भएको उहाँको भनाई रहेको छ । केही व्यक्तिले पार्टी छाडे पनि एमाले पार्टी झन् बलियो भएको उहाँको भनाइरहेको छ । देशमा विकासको लहर एमालेले चलाएको भन्दै उहाँले गठबन्धन सरकारले गरेका केहि काम भए देखाउन समेत आग्रह गर्नुभयो । कांग्रेस प्रति आक्रमक हुनु भएका ओलीले सरकारमा भएका बेला उसले केहि गर्द नसक्ने भन्दै अरुले गरेका काम मैले गरेको भन्दै देखाँउदै हिड्ने गरेको आरोप लगाउनु भयो ।

नले प्रचण्ड हजार जिब्रा भएको शेष नाग भएको बताउनु भएको छ। यस्तै उनले माधव नेपालको पाटीलाई उहाँले गुटको संज्ञा दिनुभएको छ ।

कांग्रेससँग कुनै भिजन नभएको भन्दै ओलीले चुनाव जाँदा आफ्ना पालामा भएका विकास निर्माणका काम देखाएर भोट माग्ने बताउनु भयो ।

Back to top button