
काठमाडौ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को सहायक डिनमा प्रा.डा प्रेमराज ज्ञवाली नियुक्त हुनुभएको छ ।
त्रिवि कार्यकारी परिषदले चैत १ गतेदेखि लागू हुने गरी डा. ज्ञवालीलाई सहायक डिनमा नियुक्त गर्ने निर्णय गरेको हो।
त्रिवि कार्यकारी बैठकले त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम अनुसार डा ज्ञवालीलाई नियुक्त गरेको जनाइएको छ।