
विराटनगर । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले १५९ वटै वडा र १७ वटै पालिकामा जित्ने गरि पार्टी परिचालित भएको बताउनुभएको छ । उहाँले कोशीसन्देशसँगको कुराकानीमा मोरङका सवै वडा तथा र पालिकामा जित्ने अभियानमा रहेको बताउनुभयो ।
विपक्षीहरु एक हुनु नेकपा एमालेका निम्ति सौभाग्यको कुरा हो भन्दै उहाँले एमालेको ध्यान धेरै तर्फ लाग्न आवश्यक नहुने तर्क गर्नुभयो ।उहाँले भन्नुभयो,‘प्रतिष्पर्धा भनेको कांग्रेस सँगै हो । तर कांग्रेस नै प्रचण्डपथमा लागेपछि त्यससँग पनि एमालेले चिन्ता लिइरहन आवश्यक नरहेको उहाँले बताउनुभयो ।
सम्पूर्ण जनतालाई एमाले, त्यसको बिचार र समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान, रुपान्तरणको ऐजेण्डाका एमालेसँग मात्रै रहेको दाबि गर्दै उहाँले एमालेलाई कसैले रोक्न छेक्न नसक्ने बताउनुभयो ।