सुनबर्षी र धनपालथानमा माओवादी र जसपाबिच गठबन्धन

विराटनगर । माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मोरङका दुई पालिकामा छुट्टै गठबन्धन गर्ने भएको छ । सुनबर्षी नगरपालिका र धनपालथान गाउँपालिकामा दुई दलले गठबन्धन गरेका हुन् ।

माओवादी केन्द्रका नेता कुशल लिम्बूका अनुसार सुनबर्षीको प्रमुख र धनपालथान गाउँपालिकाको अध्यक्ष जसपाले पाउने छ । माओवादी केन्द्रले सुनबर्षीको उपप्रमुख र धनपालथानको उपाध्यक्ष पाउने छ ।

नेपाली कांग्रससँग गठबन्धन गर्ने प्रयास सफल नभएपछि दुई पार्टीले गठबन्धन गर्ने निर्णय गरेका हुन् । मोरङको लेटाङ नगरपालिकामा भने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ ।

अन्य पालिकामा भागबण्डा टुङ्गो लगाउनका लागि गृहकार्य भइरहेको माओवादी केन्द्र मोरङका संयोजक विजय विश्वासले बताउनुभयो ।

Back to top button