मलयाली अभिनेता विजयमाथि यौन हिंसाको आरोप

काठमाडौं । मलयाली अभिनेता तथा निर्माता विजय बाबुविरुद्ध यौन हिंसाको आरोप लागेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार एक महिलाले उहाँमाथि यौन हिंसाको आरोप लगाएकी हुन्।

पीडित महिलाको उजुरीका आधारमा प्रहरीले विजयविरुद्ध मुद्दा दर्ता गरिसकेको छ। दक्षिण भारतको कोझिकोड जिल्लाकी ती महिलाले आफूमाथि बारम्बार यौन हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएपछि मुद्दा दर्ता भएको हो।

सन् २०१२ अभिनेताको रुपमा फिल्म क्षेत्रमा प्रवेश गर्नुभएका विजय फिल्म निर्माता पनि हो। उहाँले ३० भन्दा बढी फिल्ममा अभिनय गर्नुभएको छ भने १० भन्दा बढी फिल्म निर्माण गर्नुभएको छ ।

प्रहरीले घटनाको छानबिन गरिरहेको छ। विजयले भने आफू निर्दोष रहेको र आफूलाई फसाउन खोजिएको बताउनुभएको छ।

Back to top button