एमाले कार्यकर्ताद्वारा माओवादीका कार्यकर्तामाथि खुकुरी प्रहार

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा नेकपा एमालेका कार्यकर्ताको कुटपिटबाट नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन्।

पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यकर्तालाई घाइते बनाएका हुन्।

आक्रमणबाट घाइते भएकाहरूको अहिले काठमाडौंमा उपचार भइरहेको छ।

माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आज प्रेस विज्ञप्ति जारी गर्दै एमालेबाट आफ्ना कार्यकर्तामाथि भएको कुटपिटको भर्त्सना गर्दै दोषीमाथि कडा कारवाही गर्न प्रशासनसँग माग गर्नुभएको छ ।

उहाँले आगामी दिनमा यस्ता अवाञ्चित गतिविधि नगर्न र घटना दोहोरिन नदिन पनि एमालेलेलाई सचेत गराउनुभएको छ।

Back to top button