थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ हजार ७ सय १६ जनामा गरिएको परीक्षणमा १४ जना संक्रमित भेटिएका हुन्। आज २१ जना संक्रमित संक्रमण मुक्त भएका छन्। हाल देशभर २ सय ५ जना कोभिडका सक्रिय संक्रमित रहेका छन।

नेपालमा हाल ९५ प्रतिशत जनसंख्याले कोभिड बिरुद्धको खोप लगाइसकेका छन्। हाल देशभर ३१ वटा जिल्ला कोभिड मुक्त भइसकेका छन्।

Back to top button