प्रि–ओपन सेसनः आज सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं । आज प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ५१ अंकले बढेको छ। यससँगै सूचक २२६९ दशमलव ३६ विन्दुमा आइपुगेको छ भने यस अबधिमा कुल ६ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

१० कम्पनीको १२ सय ४० कित्ता सेयर कारोबार भएको छ। कुल १६ वटा कारोबार भएको छ।

यस्तै, ८ कम्पनीको भाउ बढेको छ भने १ एउटाको मूल्य घटेको छ।

Back to top button