विर्तामोड । झापाको हल्दिबारी गाउँपालिका– २ मा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। चट्याङ लागेर राई टोल बस्ने सुफल हस्दाका छोरा २६ वर्षीय भेना हस्दाको मृत्यु भएको हो।
प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकका अनुसार गएराति साढे १ बजे शौच गर्न कोठाबाट बाहिर निस्किएका वेला लागेको चट्याङले घटनास्थलमै उनको मृत्यु भएको हो।
प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागी मेची अस्पताल भद्रपुर पठाइएको छ।