चट्याङ लागेर एकजनाको मृत्यु

विर्तामोड । झापाको हल्दिबारी गाउँपालिका– २ ​मा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। चट्याङ लागेर राई टोल बस्ने सुफल हस्दाका छोरा २६ वर्षीय भेना हस्दाको मृत्यु भएको हो।

प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकका अनुसार गएराति साढे १ बजे शौच गर्न कोठाबाट बाहिर निस्किएका वेला लागेको चट्याङले घटनास्थलमै उनको मृत्यु भएको हो।

प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागी मेची अस्पताल भद्रपुर पठाइएको छ।

Back to top button