सल्यानमा यात्रु बोकेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु ,१० घाइते

काठमाडौं । सल्यानमा विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने १० जना भन्दा बढी घाइते भएका छन्।

जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकाहरुलाइ करेन्ट लागेको हो।

गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरुलाइ विजुलीको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत विवरण आएको छैन्।

रागेचौर प्रहरीकाअनुसार छतमा बसेकाहरुले विद्युतको तारले छुँदा घटना भएको हो। घाइतेहरुलाइ रुकुम चौरजहारी अस्पताल लगिएको छ। मृतकको पहिचार खुलेको छैन्।

Back to top button