सिन्धुलीको फिक्कलमा गठबन्धनलाई पराजित गर्दै अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षमा विजयी भएको छ ।

गाउँपालिकाको अध्यक्षमा एमालेकी पार्वती सुनुवार गठबन्धनको तर्फबाट कांग्रेसका नृप भुजेललाई ४५ मतले पराजित गर्दै निर्वाचित हुनुभएको छ । उहाँले ४ हजार ६२ मत पाउँदा कांग्रेसका भुजेलले ४ हजार १७ मत पाउनुभयो । सुनुवार २०७४ सालको स्थानीय निर्वाचनमा फिक्कल गाउँपालिकाकी उपाध्यक्ष हुनुहुन्थ्यो ।

यस्तै, फिक्कल गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै राजु बराल फराकिलो मत अन्तरका साथ विजयी हुनुभएको छ । गठबन्धनबाट माओवादी केन्द्रका लोकेन्द्र कार्कीलाई पराजित गर्दै बराल ४ हजार २ सय ५६ मतका साथ निर्वाचित हुनुभएको हो ।

गठबन्धनबाट माओवादी केन्द्रका कार्कीले ३ हजार ४ सय २६ मत प्राप्त गर्नुभयो । फिक्कल गाउँपालिकाका ४ वटा वडामा वडा अध्यक्ष सहित प्यानल नै एमालेले जितेको छ भने फिक्कलमा वडा– १ माओवादी केन्द्र र वडा– ४ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

Back to top button