महोत्तरीको पिपरामा जसपा विजयी

महोत्तरी । जिल्लाको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपाल (जसपा) विजयी भएको छ।

मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार अध्यक्षमा जसपाका रामजानकी यादवले पाँच हजार ५ सय ८२ मत ल्याएर विजयी हुनुभएको छ।

उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अमितकुमार पाण्डेयले दुई हजार ९ सय ७७ मत ल्याउनुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा पनि जसपाकै बन्दना पाण्डेयले पाँच हजार ४० मत ल्याएर विजयी हुनुभएको छ । उहाँकै निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी रविताकुमारीले तीन हजार ६ सय २३ मत प्राप्त गर्नुभएको छ ।

Back to top button