प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री देउवाले आज दिउँसो ३ बजे आफ्नो सरकारी निवास बालुवाटारमा बस्नेगरी सो बैठक बोलाउनुभएको हो ।

मन्त्रिपरिषदको नियमित बैठक हिजो बस्नुपर्ने थियो। तर मन्त्रिपरिषद् सदस्य हेरफेरका कारण हिजो बैठक बस्न सकेन। त्यसैले आज दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको उहाँको सचिवालयले जनाएको छ।

Back to top button