काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आइतबार विहान बस्ने भएको छ ।
केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे बैठकमा छलफल हुने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभएको छ ।
गत जेठ ३० गते पछि एमालेको सचिवालय बैठक बसेको छैन ।