विराटनगरमा ‘सडक मानवमुक्त’ अभियान सञ्चालन

विराटनगर / विराटनगर महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त अभियान सञ्चालन गरेको छ । विभिन्न मन्दिर र सार्वजनिकस्थलमा बसेर मागेर खानेलाई महानगर प्रहरीले उद्धार गर्ने अभियान सुरु गरेको हो ।

महानगरले सडक मानवमुक्त अभियान सञ्चालनमा बढी जोड दिएको प्रमुख नागेश कोइरालाले बताउनुभयो । उहाँका अनुसार काम गरेर खान सक्ने अवस्थाका व्यक्तिहरू पनि माग्न बस्ने गरेका छन् ।

अशक्त र सहाराविहीनलाई विराटनगरस्थित मानव सेवा आश्रमको जिम्मा लगाइएको छ । “परिश्रम गरेर पनि खान सक्ने व्यक्ति मागेर खाने गरेको देखियो । यो समाजका लागि ठीक होइन । गर्न सक्नेले काम गरेर खानु प¥यो”, प्रमुख कोइरालाले भन्नुभयो ।

Back to top button