नागरिकता पिडितद्वारा सिडियो कार्यलय अगाडी धर्ना

विराटनगर / नागरिकता पिडित संघर्ष समिति , विराटनगरले जिल्ला प्रशासन कार्यलय , मोरङ अगाडि धर्ना दिएको छ । हिजो समितिका मान्छेलेहरूले कार्यलयको मूल गेट अगाडी नाराजुलुस गर्दै धर्ना दिएका हुन् ।

आमाको नाम बाट नागरिकता पाउनु पर्ने , जन्मसिद् नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनु पर्ने माग राख्दै समितिले धर्ना दिएको थियो ।

सरकारले प्रतिनिधि सभामा नागरिकता ऐन संसोधन विधेयक छलफललाई प्रस्तुत गरिरँहदा पनि अझै सरकारले बेइमानी गर्ने हो कि भन्दै आफूहरू धर्नामा ओर्लिएको समितिका अजय पोद्दारले बताउनु भयो ।

Back to top button