थप ९ सय १५ जनामा कोरोना संक्रमण

काठमाडौं । आज थप ९ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५ सय ९० तथा एन्टिजेन विधिबाट ३ सय २५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ३ सय १ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४ सय ३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमितको मृत्यु भने भएको छैन । त्यस्तै, थप ५५ हजार ५ सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Back to top button