आज सेयर बजारमा ३४ अंकको गिरावट

काठमाडौं । सेयर बजारमा आज पनि गिरावट आएको छ । सेयर कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक ३४ दशमलव ६१ अंकले घटेर २११३ दशमलव ५५ विन्दुमा अडिएको छ। नेप्से दोहोरो अंकले ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ।

आज कूल २ अर्ब ६२ करोड रुपैयाँको सेयर कारोबार भयो। हिजो ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँमा सेयर खरिदबिक्री भएको थियो।

आज २१३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता सेयर २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४८ रुपैयाँमा कारोबार भयो।

आज कुनै पनि कम्पनीको सेयर सकारात्क सर्किट लेभलमा कारोबार भएन। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १५ करोड बढीको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक घट्यो भने १ को मात्रै बढ्यो। यसदिन फाइनान्स समूहको सूचक सर्वाधिक ३ दशमलव ४ प्रतिशतले घट्यो। राताम्मे भएको सेयर बजारमा म्युचुअल फण्डको मात्रै सूचक बढेको हो। सो समूहको सूचक ० दशमलव ८९ प्रतिशतले बढ्यो।

हिजो कारोबारमा आएका सबै समूहको सूचक नकारात्मक देखिएको थियो। सो दिन ट्रेडिङ समूहको सूचक सबैभन्दा बढी ५ दशमलव १५ प्रतिशतले घटेको थियो।

Back to top button