विनाशले वन मात्रै नभएर पशुपंक्षी समेत लोप हुँदै गए: ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय तीव्ररुपमा वन विनाश हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

सामुदायिक वन दिवस २०७९ को अवसरमा समृद्धि नेपाल सुखी नेपाली निर्माणमा सामुदायिक वनको योगदान विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विनाशले वन मात्रै नभएर पशुपंक्षी पनि लोभ हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो।

उहाँले विकास, समृद्धि र रोजगारीका लागि वन बचाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘वन विनाश तिव्ररुपमा भइरहेको छ। विनाशले वन मात्रै नभएर पशुपंक्षी पनि लोप हुँदै गएका छन्। त्यसैले सबै वन जोगाउन लागौं ।’

अध्यक्ष ओलीले वनबाट वातावरण कसरी सुधार गर्ने भन्ने कुरा सोच्नुपर्ने बेलाआएको बताउनुभयो।

राष्ट्रिय वनजन्तुदेखि लिएर पर्यावरणमा समेत असर परेको भन्दै ओलीले वन जोगाउन सबै दत्तचित्त भएर लाग्न सुझाव दिनुभयो । उहाँले वन देशकै सबैभन्दा ठूलो सम्पत्ती र गहना भएको बताउनुभयो।

वनको संरक्षण र सुरक्षा गरेर राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु र्‍याउनमा उहाँले जोड दिनुभयो।

Back to top button