नोबेल थारु आइकनको अन्तिम अडिसन भोलि विराटनगरमा हुने

विराटनगर । थारु कला, संस्कृति, भेषभुषा, भाषा, खानपान तथा रीतिरिवाजलाई संरक्षण गर्न तथा थारु प्रतिभालाई उजागर गर्न मिस्टर एण्ड मिस नोबेल थारु आइकनको अन्तिम अडिसन विराटनगरमा हुने भएको छ ।

भोलि विराटनगरको ह्यास ट्याग फुड एण्ड बारमा हुने अडिसनबाट प्रतिस्पर्धी छानिए पछि अडिसन राउण्ड पूरा हुने छ ।

थारु कला केन्द्रको आयोजनामा हुने नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०७९ का लागि आवेदन खुल्ला गरिएको र थारु कला केन्द्रको वेब साइटबाट अनलाइन आवेदन दिएका प्रतिस्पर्धि बिच झुम्का ,गाइघाट, दुहबी , बिर्तामोड र नेताचौकमा सफलता पुर्वक अडिसन सम्पन्न भइसकेको छ ।

केन्द्रका अध्यक्ष बिएन चौधरीले पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको केन्द्रले तेस्रो संस्करणमा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने गरी काम गर्ने बताउनुभयो ।

यो संस्करणका विजेताले नगद पुरस्कार पाउनुका साथै दुबई भ्रमण गर्न पाउनेछन् । अध्ययनका लागि निःशुल्क छात्रवृत्ति, निःशुल्क बेसिक एण्ड मेकअप कोर्ष, म्युजिक भिडियोमा अवसर पाउने चौधरीले बताउनुभयो ।

विराटनगरको ह्यास ट्यागमा हुने अडिसन बारे थप जानकारी लिनका लागि ९८१९१२६८१७ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

Back to top button