सरकार युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न प्रतिवद्ध छ: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।

आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले युवा वर्गमा मुलुक भित्र रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न आवश्यक देखिएको पनि बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले युवा केन्द्रित गतिविधिहरूको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार युवा परिषद्ले गर्नुपर्ने बताउनुभयो। उहाँले सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवद्र्धन,विकास निर्माणमा युवा सहभागिता,युवा वर्गको नेतृत्व विकास लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउनुभयो।

‘मुलुकमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न प्रतिवद्ध हुनुपर्ने आवश्यक छ। सरकारी तहबाट युवा केन्द्रित गतिविधिहरूको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार रहेको युवा परिषदले पाएको छ। यसले युवा उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवद्र्धन,विकास निर्माणमा युवा सहभागिता,युवा वर्गको नेतृत्व विकास र युवा स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ’, उहाँले भन्नुभयो,‘यसलाई आगामी दिनमा अझ प्रवद्र्धन गरी बढी भन्दा बढी युवालाई सहभागिता गराउन आवश्यक छ। युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीविकोपार्जन गर्नसक्ने बनाउन खाँचो रहेको छ। त्यसको लागि अन्तर पुस्ता सीप ध्यान हस्तान्तरण लगायतका कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने देखिएको छ।’

प्रधानमन्त्री देउवाले धेरै युवालाई विकास निर्माण तथा उद्यमशीलतामा सहभागिता गराउन आवश्यक रहेको बताउनुभयो। उहाँले युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीविकोपार्जन गर्नसक्ने बनाउनुपर्ने बताउनुभयो।

प्रधानमन्त्री देउवाले युवालाई विकास निर्माणमा सहभागिता गराउन अन्तर पुस्ता सीप हस्तान्तरण लगायतका कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।

Back to top button