रुपन्देहीको बसन्तपुरमा गोली चल्दा एक जना घाइते, ५ नियन्त्रणमा

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा गोली चलेको छ । मध्यरातमा चलेको गोलीले सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका विकास गुरुङ घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ ।

अज्ञात समूहले प्रहार गरेको गोलीले गुरुङको कम्मरमाथि कोखामा लागेको छ । अहिले गुरुङको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक सूचना अधिकारी बेदबहादुर पौडेलले घटनाबारे सोधपुछका लागि पाँचलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो। घटनाको विभिन्न कोणले अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Back to top button