थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७ सय ३७ परीक्षणमा ८ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

३ हजार १ सय ५५ पीसीआर परीक्षणमा ४ सय २७ जना र २ हजार ५ सय ८२ एन्टिजेन परीक्षणमा ४ सय ६१ जना गरी ८ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४ सय ७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै, संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८७ रहेको छ ।

Back to top button