थप ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ७७ जनाको परीक्षणमा ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८ सय ६ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४२ जना र २ हजार ३ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ४५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ६४ जना संक्रमणमुक्त भएका छन् ।

Back to top button