भारतीय सेना अध्यक्ष र प्रधानमन्त्री देउवाबिच शिष्टचार भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे र प्रधानमन्त्री शेरबहादुर देउवाबिच शिष्टाचार भेटवार्ता भएको छ ।

आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा नेपाल–भारत सैन्य सम्बन्धमा बारेमा चर्चा भएको थियो । भेटमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोगको प्रसंसा गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य जारी रहने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभएको थियो ।

भारतका सेना अध्यक्ष पाण्डेले नेपालसँग सहकार्यको लामो समय भएको भन्दै खुसी व्यक्त गर्नुभएको थियो । यसअघि सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो। उहाँले नेपाली सेनालाई सहयोग स्वरूप विविध सामग्रीहरू हस्तान्तरण गर्नुभएको थियो ।

Back to top button