मृगौलापीडित भेट्न नर्भिक अस्पतालमा प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल पुग्नुभएको छ ।

लामो समयदेखि मृगौलाबाट पीडित भई हाल नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत धनगढीका स्थायीबासी नरबहादुर बलायरलाई भेट्न देउवा त्यहाँ पुग्नुभएको हो ।

करिब ५ मिनेट बलायर र उहाँका आफन्त तथा उपचारमा संलग्न चिकित्सक टिमसँग कुरा गरी देउवा अस्पतालबाट फर्किनुभएको छ ।

धनगढीका ८१ वर्षीय बलायर दुवै मृगौलामा समस्या भई केही दिनअघिदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत हुनुहुन्छ ।

Back to top button