मिस ग्रान्ड नेपालको ताज ऐश्वर्यालाई

काठमाडौं । मिस ग्रान्ड नेपाल २०२२ को विजेता ऐश्वर्या श्रेष्ठ हुनुभएको छ । काठमाडौंमा सम्पन्न मिस ग्रान्ड प्रतियोगितामा श्रेष्ठले मिस ग्रान्डको ताज पहिरिनुभएको हो ।

प्रतियोगितामा फस्ट रनर अप बर्षा भण्डारी, सेकेण्ड रनर अप रक्षा उप्रेती हुनुभएको छ । यस्तै, बेस्ट स्वीम सुटमा बर्षा भण्डारी, मिस पपुलरमा तन्नु शाक्य, मिस फोटोजेनिक स्वस्तिका मगर, मिस पर्सनालीटीमा बर्षा भण्डारी, मिस कन्जेनेलिटी सुदेश्ना महर्जन र मिस कन्फिडेन्समा सामना कार्कीले उपाधि जित्नुभएको छ ।

मिस ग्राण्ड विजेता श्रेष्ठले इण्डोनेशियाको बाली र जाकार्तामा हुने कार्यक्रममा अक्टोबर ४ देखि २५ सम्म सहभागीता जनाउन पाउने हुनुभएको छ । उहाँले ५ लाख रुपैयाँ बराबरको गिफ्ट ह्याम्परसमेत प्राप्त गर्ने आयोजकले जनाएको छ ।

निर्णायक जजको रुपमा अभिनेता अनुपविक्रम शाही, र्‍यापर आशिष राणा (लाहुरे), नायिका आँचल शर्मा, छिरिङ वाङ्दी, सुरेश तामाङ र निशु झा (ब्युटी पेजेन्ट) रहेको प्रतियोगिातका सहभागिका लागि कोरियोग्राफर सुजित बस्याल रहनुभएको थियो ।

बोली क्लब ग्रुप र कस्मो इभेन्टको संयुक्त सहकार्यमा ‘मिस ग्रान्ड नेपाल २०२२’ आयोजना भएको हो ।

Back to top button