यो संसद नै परमादेशबाट आएको हो, यसले हामीलाई भेट गर्ने मौका दियो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकारले राम्रो उपलब्धी हासिल गरेको बताउनुभएको छ । संसदमा बोल्दै प्रधानमन्त्री देउवाले यो सरकारले देशको हितका लागि राम्रो काम गरेको बताउनुभएको हो ।

उहाँले आफूले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन गर्ने अवसर प्राप्त गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘निर्वाचित संसदले विघटनको समस्या बेहोर्नुपर्‍यो। हुन त हाम्रो प्रतिपक्षी दलको नेताले परमादेशको सरकार भन्नुहुनेछ। यो संसद नै परमादेशबाट आएको हो। परमादेशले हामीलाई भेट गर्ने मौका दिएको छ। ठूला–ठूला विधेयक पास गर्न सक्दैनथ्यौं। ’

यस्तै बजेट अधिवेशन भएयता संविधान कार्यान्वयन गर्न धेरै विधेयक पास गर्न सफल भएको बताउनुभयो।

Back to top button