सेयर बजार आज ओरालोतिर, कारोबार ६५ करोडमा झर्‍यो

काठमाडौं । सेयर बजार आज ओरालोतिर लागेको छ। आज नेप्से परिसूचक ९ दशमलव ८३ अंकले घटेर १८३८ दशमलव ९६ विन्दुमा बन्द भएको छ।

अघिल्लो कारोबार दिन हिजो नेप्से ११ अंकले उकालो लागेको थियो।

यसदिन २५ लाख ४२ हजार ८ सय ९९ कित्ता सेयर ६५ करोड ५७ लाख ५ हजार १ सय ६९ रुपैयाँमा कारोबार भयो।

हिजो ७२ करोड बराबरको सेयर खरिदबिक्री भएको थियो। कारोबारमा आएका १३ वटै समूहको सूचक नकारात्मक देखिएका छन्।

आज कारोबारका आधारमा नबिल बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको २ करोड ५८ लाख बराबरको सेयर खरिदबिक्री भयो।

सामलिङ पावरको सेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले बढ्दा विन्दावासिनी हाइड्रोपावरको ५ दशमलव २६ प्रतिशतले ओरालो लाग्यो।

Back to top button