प्रेमगीत–३ भोलीदेखि प्रदर्शन हुँदै

काठमाडौं । नेपाली चलचित्र प्रेमगीत- ३ भोलीदेखि विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउस फुल हुने देखिएको छ ।

अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिनुभएको छ । चलचित्रको प्रचार–प्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ ।

आज प्रिमियर शो गर्ने तयारी भइरहेका बेला भोलीदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले बताउनुभयो ।

केही दिनका लागि शो हाउस फुल हुने गरी टिकट बुकिङ भइसकेको र बुकिङमा भारतीय दर्शकको उत्साह देखिएको उहाँले बताउनुभयो ।

अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ केहिदिन यता भारतमै हुनुहुन्छ । उहाँहरुसँग भारतीय सञ्चारमाध्यमहरुले महत्वका साथ अन्तर्वार्ताहरु लिइरहेका छन् ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचिच प्रेमगीत ३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो । भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ ।

Back to top button