जीवन विकास गोल्डकप फुटबल भोलीदेखि हुने

विराटनगर । मोरङमा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा जहदा गाउँपालिका– ३ मा असोज ८ देखि १५ गतेसम्म गोल्डकप हुने भएको हो ।

प्रतियोगितामा जिल्लाका ८ वटा टिमको सहभागिता रहने छ । आयोजकका अनुसार प्रतियोगितामा पशुपति युवा क्लब दादरवेरिया, हात्तीबन्धा युवा क्लब भाथिगछ, लालीगुँरास स्पोर्टिङ्ग क्लब रानी विराटनगर, रानी युवा क्लब मिल्स एरिया, लक्ष्मी युवा स्पोर्टिङ्ग क्लब जहदा ३, लक्ष्मिनिया युवा क्लब, महाराजी युवा क्लब वैरिया भीमपुर र स्मार्ट जहदा समाज जहदाको सहभागीता रहने छ ।

जीवन विकास मुख्य प्रयोजक रहेको प्रतियोगिताको शनिबार उद्धाटन हुने बताइएको छ । उद्घाटन खेलमा पशुपति युवा क्लब र हातिबन्धा युवा क्लबबीच प्रतिस्पर्धा हुने लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबका अध्यक्ष श्रवणकुमार राजवंशीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५ हजार र द्धितिय हुने टिमले नगद ५१ हजार रुपैयाँ पाउने छ । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

Back to top button