डेंगुबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

काठमाडौं । देशभर फैलिएको डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म २२ हजार ९ सय ८८ जनालाई डेंगु भएको छ ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो वर्ष महामारीकै रुप लिएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७ सय ३१ जनामा डेंगु भएको छ ।

लुम्बिनी प्रदेशका २ हजार ८ सय २१ जना, सुदूरपश्चिम प्रदेशका ७ सय ७७, प्रदेश १ का ५ सय ९१, गण्डकीका ५ सय १५, मधेश प्रदेशका ३ सय २३ र कर्णाली प्रदेशका २ सय ३० जनालाई डेंगु भएको छ ।

भक्तपुर, ललितपुर लगायतमा सबैभन्दा धेरै संक्रमण फैलिएको जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको मन्त्रालयले जनाएको छ ।

Back to top button