समानुपातिक सूचीबारे बहस गर्नु बेकार हो : नेता बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले समानुपातिक सूचीबारे बहस गर्नुको अर्थ नभएको बताउनुभएको छ ।

निर्वाचन आयोगमा दलहरुले बुझाएको समानुपातिक सूचीको बिषयमा विभिन्न टिकाटिप्पणी भइरहेको बेला उहाँले यस्तो तर्क गर्नुभएको हो ।

नेता बास्कोटाले ट्वीटरमा लेख्नुभएको छ, ‘समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो। यसको मर्म समावेशीता हो। कमवेसी अपवाद,मुल रुपमा यो डाडुपन्यु टिमको इच्छावेशीता हो।’

उहाँले फेरि अपारदर्शी प्रणालीको विकल्प खोज्नुपर्नेमा जोड दिनुभएको छ । ‘समयमै पार्टीहरुले ३३ प्रतिशत सोझै महिला उमेदवार उठाऊ वा अपारदर्शी प्रणालीको विकल्प खोज। हैन भने भैँसीका अघि विरही भाकामा विन नबजाऊ, मित्रजन’ उहाँको भनाइ छ।

Back to top button