ललितपुरमा अष्टमातृका नाच सुरु

काठमाडौं । ललितपुरमा प्राचिन अष्टमातृका नाच सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) देखि नाच सुरु भएको हो।

हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिन नकबहिल परिसरमा विधिवत् पूजा सम्पन्न गरेपछि यो नाच सुरु हुने गर्दछ।

त्यसपछि बाजागाजासहित नागबहाल—पट्को हुँदै मंगलबजार पुगेका देवगणहरुलाई तलेजु पुजारी राजोपाध्याय ब्राह्मणले पूजा गरि मूलचोकमा प्रवेश गराइन्छ र देवगणहरुद्वारा नाच देखाइन्छ।

फूलपाति र विजया दशमीका दिन दिउँसो मूलचोकमा यो नाच देखाइन्छ भने अन्तिम दिन अर्थात आश्विन शुक्ल एकादशीका दिन बेलुका नकबहिलको डबलीमा बिषेश नाच देखाएर नासःछेँमा गई देवगणले मुकुण्डो निकालेपछि नाच सम्पन्न गरिन्छ।

यो मल्ल राजा श्रीनिवास मल्लको पालामा शुरु भएको हो। कोभिड महामारीको समयमा यो नाच हुन सकेको थिएन।

Back to top button